बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

उपत्यकाको कुन–कुन अस्पतालबाट हुन्छ कोरोना परीक्षणका लागि स्वाब संकलन ?

दैनिक नेपाल २०७७ साउन २० गते १३:५८

काठमाडौं, २० साउन । सरकारले पीसीआर विधिबाट कोरोना परीक्षण गर्न काठमाडौं उपत्काका १४ वटा अस्पताल तोकिएका छन् ।

कोरोना संक्रमणको शंकास्पद बिरामीका लागि स्वाब संकलन गर्न काठमाडौंको पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल, स्टार अस्पताल र नेपाल प्रहरी अस्पताललाई तोकेको छ ।

यस्तै भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, प्रसुति गृह, ह्याम्स अस्पताल र नेपाल कोरिया मैत्री अस्पताललाई स्वाब संकलन गर्ने अनुमति दिएको हो ।

अब कोरोना संक्रमणको आशंका लागेकाहरुले उल्लेखित अस्पतालबाट आफ्नो स्वाब संकलन गराउन सक्ने छन् ।

तोकिएका अस्पतालहरुले बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म स्वाब संकलन र परीक्षण गराउन सक्ने स्वास्थ्य मन्त्रालयले बताएको छ ।

यसबाहेक सरकारले तोकेका सबै अस्पताल, कोभिड क्लिनिक अस्पताल, लेभल १, २ र ३ का कोभिड अस्पतालमा पनि स्वाब संकलन हुने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित