शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

समुदायमा संक्रमणको स्तर हेरेर लकडाउन निर्धारण गरौं : सभापति देउवा

दैनिक नेपाल २०७७ साउन २० गते १३:१८

काठमाडौं, २० साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समुदायमा कोरोना संक्रमणको स्तर हेरेर लकडाउन गर्ने वा नगर्ने निर्णय लिन सरकारलाई सुझाव दिएका छन् ।

लकडाउन खुला गरेसँगै उपत्यकालगायत देशभर कोरोना संक्रमतिको संख्या तीव्र रुपमा वृद्धि भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञ र प्रतिपक्षी दलका नेताहरुसँग बालुवाटारमा छलफल गरिरहेका छन् ।

छलफलमा सहभागी सभापति देउवाले भने, ‘फेरि लकडाउन गर्ने कि नगर्ने भन्ने कुरा समुदायमा संक्रमणको स्तर कस्तो छ त्यसलाइृ हेरेर गर्न उचित हुन्छ ।’

देउवाले हरेक मानिसलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन कडा नियम लगाउनु पर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित