२९ आश्विन २०८३, बिहिबार

स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छोडे

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २० साउन । भ्रष्टाचारको अभियाग लागेपछि स्पेनका पूर्वराजा ख्वान कार्लोसले देश छाड्ने घोषणा गरेका छन् ।

८२ वर्षका कार्लोसले उक्त घोषणा आफ्ना छोरा फेलीपे षष्टमलाई लेखेको पत्र मार्फत गरेको बताइएको छ । अभियोजनकर्ताहरूले आफूसँग सोधपुछ गर्न चाहेको खण्डमा आफू उपलब्ध हुने उनले बताएका छन् ।

साउदी अरेबियामा एउटा हाइ–स्पीड रेलको ठेक्काका विषयमा कार्लोसको कथित संलग्नताबारे गत जुन महीनामा स्पेनको सर्वोच्च अदालतले अनुसन्धान अघि बढाएको थियो ।

पूर्वराजाले स्पेन कहिले छाड्ने छन् वा उनी त्यसपछि कहाँ बस्नेछन् भन्ने विषय स्पष्ट भएको छैन । बीबीसीका युरोप संवाददाता नीक बीकका अनुसार कुशलतापूर्वक स्पेनलाई अधिनायकवादबाट प्रजातन्त्रसम्म डोर्‍याएका कार्लोसका लागि यो अपमानजनक बहिर्गमन हो ।

करीब ४० वर्ष राज गरेपछि कार्लोसले सन् २०१४ मा गद्दी त्यागेका थिए । आफ्ना ज्वाईँ मुछिएको भ्रष्टाचारसम्बन्धी अनुसन्धान र स्पेनमा आर्थिक मन्दीका बेला विवादास्पद हात्ती सिकार यात्रापछि उनले गद्दी त्यागेका थिए ।

सन् २०१४ मा गद्दी त्याग गरेपछि ख्वान कार्लोसको साउदी अरेबियास्थित परियोजनामा संलग्नता स्थापित गर्ने आफूहरूको उद्देश्य रहेको स्पेनको सर्वोच्च अदालतले बताएको छ ।

स्पेनको एउटा कम्पनीले मक्का–मदिना रेल निर्माणका लागि ६.७ अर्ब युरो बराबरको ठेक्का पाएको थियो । अनुसन्धानमा स्विस व्याङ्कहरू पनि सामेल छन् । स्रोतः बीबीसी