मंगलबार, ४ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ४ वैशाख २०८१

डब्ल्यूएचओ भन्छ– आफैं सुरक्षित हुनुस्, कोरोनाविरुद्धको उपयुक्त खोप कहिल्यै पत्ता लाग्दैन

दैनिक नेपाल २०७७ साउन २० गते ११:२६

काठमाडौं, २० साउन । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसविरुद्धको उपयुक्त खोप कहिल्यै पत्ता नलाग्ने बताएको छ ।

संगठनका महानिर्देशक डा. टेड्रोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरस विरुद्धको खोप चाँडै उपलब्ध हुने आशा रहे पनि उपयुक्त खोप कहिल्यै पत्ता नलाग्ने बताएका हुन् ।

विश्वभरका मानिसलाई सामाजिक दूरी, हातको सफाइ तथा मास्क प्रयोग गर्नेसहितका उपायहरु अपनाउन अपिल गर्दै उनले यस्तो बताएका हुन् ।

केही खोपहरु तेस्रो चरणको मानवीय परीक्षणको क्रममा भएकाले सङ्क्रमणबाट जोगाउन खोप प्राप्त हुने आशा रहेको भन्दै अहिलेका लागि महामारी नियन्त्रणमा लिने उपाय भनेको परीक्षण, आइसोलेशन र बिरामीको उपचार नै भएको उनको भनाइ छ ।

यस्तै सङ्क्रमितको सम्पर्कमा आएका व्यक्तिको खोजी गरी क्वारेन्टिनमा राख्नुको विकल्प नभएको भन्दै उनले कोरोना भाइरसको संक्रमण भएका आमाहरुलाई सन्तानलाई दूध चुसाउन नछोड्न पनि आग्रह गरेका छन् ।

दूधबाट सङ्क्रमण नफैलिने भएकाले स्तनपान जारी राख्न उनले अपिल गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित