२ कार्तिक २०८३, सोमबार

अमेरिकाले विदेशी कामदार भिसामा लगायो रोक, राष्ट्रपति ट्रम्पले हटाए संघीय कार्यालयका दुई कार्यकारी

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौ, २० साउन । अमेकाले विदेशी कामदार राख्न पाउने प्रयोगमा रहेको भिसा वितरणमा रोक लगाएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पले त्यस्तो आदेशमा हस्ताक्षर गरेपछि यो निर्णयले सार्थकता पाएको हो ।

एच वन बी भिसामा रोक लगाउने आदेशमा हस्ताक्षर गर्दै राष्ट्रपति ट्रम्पले विदेशीलाई अमेरिकामा बोलाएर रोजगार दिने संघीय कार्यालयका दुई कार्यकारीलाई पनि कामबाट निकालेका छन् ।

सोमबार हस्ताक्षर गरेको सो आदेशमा अमेरिकी नागरिक र ग्रिनकार्ड लिनेहरूलाई रोजगारी दिने कार्यमा प्राथमिकता दिन भनिएको छ । यो भिसा अमेरिकाको प्रविधि क्षेत्रमा काम गर्न जानका लागि विशेषरूपले उपलब्ध थियो ।

गत वर्ष यो क्षेत्रमा काम गर्नका लागि १लाख ८० हजार भिसा उपलब्ध गराइएको अमेरिकाको विदेश विभागको तथ्यांकमा उल्लेख छ ।

अमेरिकीको राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा सरकारी निकायहरूले अब अमेरिकी नागरिकलाई काम दिइएको हो होइन त्यसबारे आन्तरिक्ष परीक्षण गर्ने उल्लेख गरिएको छ ।

अमेरिकीहरूको ठाउँमा २ सय भन्दा बढी विदेशीलाई काममा लगाउने दुई जना अमेरिकी अधिकारीलाई पदबाट हटाएका छन् । विदेशीहरूलाई अमेरिकामा काम दिने काममा जोड दिने बार्षिक ८० लाख अमेरिकी डलर तलब खाने टिनीसी भ्यालि अथरिटीका प्रमुख कार्यकारी जेफ लियासलाई पनि ट्रम्पलाई कारबाही गरेका छन

एचवनबी भिसा खारेज गर्ने अभियान चलाएकाहरूको उपस्थितिमा आयोजित कार्यक्रममा ट्रम्पले यस्तो बताए ।

अमेरिकामा बेरोजगारी दर सन् १९३०को महामन्दी यताकै सबै भन्दा उच्च दरमा पुगेको छ । अहिले यो ११ प्रतिशत माथि पुगेको छ ।