शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

नियतबस खाेक्ने कार्य गरे खेलाडी वा खेल पदाधिकारी रातो कार्ड पाउने

दैनिक नेपाल २०७७ साउन २० गते ७:३६

लण्डन, २० साउन । नियतबस अरु खेलाडी वा खेल पदाधिकारी तर्फ खोक्ने खेलाडीले पनि अब रातो कार्ड पाउन सक्ने छन्।

फुटबलका नियम निर्माता तथा फुटबल एसोसिएशनले सोचविचार गरी वा नियतबस अरु खेलाडी वा खेल पदाधिकारी तर्फ फर्केर खोक्ने खेलाडीलाई रातो कार्ड दिने व्यवस्था गरेका हुन् ।

इन्टरनेशनल फुटबल एसोसिएशन बोर्ड (आइफाब) ले त्यसरी खोक्नुलाई अपमानजनक वा अश्लिल वा दुर्व्यवहारजन्य भाषा वा व्यवहारको प्रयोग सरह लिइने छ ।

रेफ्रीले अवस्थाको विश्लेषण गरी निर्णय गर्न पाउने अधिकारी राख्ने जनाइएको छ। कोरोना भाइरसको विश्वव्यापी महामारीपछि यो नयाँ नियम ल्याइएको हो । यो नियम तत्कालदेखि लागु भएको बेलायतको फुटबल एसोसिएशनले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित