बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

प्रधानमन्त्री ओली निजी निवास बालकोट पुग्दा यस्तो देखियो, हेर्नुस् तस्वीरहरु

दैनिक नेपाल २०७७ साउन १९ गते १६:३९

काठमाडौं, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सोमबार आफ्नो निवास बालकोट पुगेका छन् ।

पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफल सकिएलगत्तै प्रधानमन्त्री ओली बालकोटस्थित आफ्नो निवासमा पुगेका हुन् ।

प्रधानमन्त्री चयन भएदेखि सरकारी निवास बालुवाटारमा बस्दै आएका ओली सम्भवतः पहिलोपटक बालकोटस्थि आफ्नो निवासमा पुगेका हुन् ।

सधैंको तुलनामा अनौपचारिक पहिरनमा त्यहाँ पुगेका ओली केहीबेर आफ्नो निवासमा बसेर पुनः बालुवाटार फर्केका छन् ।

संयोगले सोमबार जनैपूर्णिमा पर्व पनि परेको छ ।

प्रधानमनत्री भएर ओली बालुवाटार सरेपछि बालकोटस्थित निवासमा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटा बस्दै आएका छन् ।

प्रधानमन्त्री ओली बालकोट पुग्दाका तस्वीरहरु हेर्नुहोस्–

प्रतिक्रिया
सम्बन्धित