शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

उपत्यकामा लकडाउन होइन फेरि जोरबिरजोर लागू गर्ने तयारी

दैनिक नेपाल २०७७ साउन १९ गते १५:२७

काठमाडौं, १९ साउन । सरकारले निजी तथा सार्वजनिक सवारीसाधनमा पुनः जोरबिजोर प्रणाली लागू गर्ने तयारी गरेको छ ।

लकडाउन खुला गरेसँगै काठमाडौंमा बढेको भीडभाडका कारण उपत्यकाभित्र दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो प्रस्ताव गरेको हो ।

मन्त्रालयको यो प्रस्ताव कोभिड–१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले छलफल गरी निर्णय गरेर क्याविनेटले पास गरेमा काठमाडौं उपत्यकाभित्र पुनः जोरबिजोर प्रणाली लागू हुने भएको छ ।

सीसीएमसीमा यसअघि नै यो प्रस्तावबारे छलफल भए पनि केही निर्णय गरिएको छैन ।

सरकारले असार २६ गतेदेखि निजी सवारीसाधानको जोरबिजोर हटाउनुका साथै उपत्यकामा ३ जिल्ला र बाहिर जिल्लामा सार्वजनिक सवारी चलाउन समेत अनुमति दिएको थियो भने आगामी भदौ १ गतेदेखि लामो दूरीको सवारी पनि चलाउने तयारी गरिरहेको छ ।

तर, पुनः जनेरबिजोर प्रणाली र आवश्यक परे लकडाउनसम्मको अवस्थामा जान पर्ने स्थिति सृजना हुँदै गएपछि भदौ १ गतेदेखि खुला गर्ने भनिएको लामो दूरीको सार्वजनिक यातायात र हवाई उडान तथा स्कुलकलेज खुलाउने मिति अनिश्चित बन्ने देखिएको छ ।

उपत्यकामा कारोना संक्रम रोक्न जोरबिजोर प्रणाली, उपत्यका भित्रिनेलाई अनिवार्य १३ दिन क्वारेन्टाइन, सबैको पीसीआर परीक्षणलगायत उपाय कडाइका साथ लागू तयारीमा सरकार पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित