
काठमाडौं, १९ साउन । काठमाडौंको कालीमाटी र कुलेश्वरस्थित दुई वटा चिनी गोदाममा वाणिज्य विभागले सिल गरेको छ ।
शंकास्पद रुपमा चिनी भण्डारण गरेको पाइएको भन्दै विभागले कालीमाटीको एएसएस मार्केटिङ र चिनी भण्डार गरिएको अर्को एउटा खाद्यान्न पसल सिल गरेको हो ।
विभागका अनुसार एएसएस मार्केटिङमा १६ क्विन्टल चिनी भेटिएको छ । उक्त चिनीको खरीदद गरेको विवरण र विक्रीको विवरण नमिलेको पाइएको छ । यस्तै गोदाममा हेर्दा चिनीको मात्रा नमिलेकाले प्रहरीको रोहवरमा गोदाम सिल गरिएको विभागको भनाइ छ ।
चिनी भण्डार गरि राखेको अर्को एक खाद्यान्न पसलका धनी नभेटिएकोले उक्त पसल पनि सिल गरिएको हो ।
त्यसैगरी विभागले मूल्यसूची नराखी तरकारी विक्री गर्ने कालीमाटी तरकारी तथा फलफूल बजारको दुई वटा तरकारी पसललाई ५/५ हजार रुपैयाँ जरीवाना समेत तिराएको छ ।













प्रतिक्रिया