२९ आश्विन २०८३, बिहिबार

कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । काठमाडौं महानगरपालिका–७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चावहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको सोमबार बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा सोमबार बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।