
काठमाडौं, १९ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफल आज पनि निष्कर्षविहीन बनेको छ ।
करीब एक सातादेखि सम्वादहीनको अवस्थामा पुगेका ओली–दाहाल आइतबारदेखि पुनः वार्ता तथा छलफलमा जुटेका छन् । तर, दुई दिनदेखिको छलफलले कुनै निष्कर्ष भने निकालेको छैन ।
सचिवालय र स्थायी कमिटी बैठक कुन पहिला राख्ने भन्ने विषयमा दुई नेताबीच कुरा नमिलेको बताइएको छ ।
छलफलको शुरुमा जनैपूर्णिको शुभकामना आदानप्रदान गरी विषयमा प्रवेश गरेको भए पनि प्रगति हासिल भने गर्न सकेन ।
प्रचण्डले स्थायी कमिटीको बैठक बोलाएर पार्टीभित्रको समस्या समाधान गर्न जोड दिए पनि केपी ओलीले सचिवालय बैठक राख्नेमा जोड दिए ।
आ–आफ्नै अडानका कारण सोमबारको छलफलले पनि ठोस निष्कर्ष निकाल्न नसकेको छलफलमा सहभागी नेताहरुले बताएका छन् ।
आइतबार र सोमबारको दुबै छलफलमा वरिष्ठ नेता झलनाथ खनाल र स्थायी कमिटी सदस्य सुवास नेम्वाङ पनि सहभागी थिए ।













प्रतिक्रिया