७ मंसिर २०८३, सोमबार

मेलम्चीकाे कभर्ड हल पहिरोले पुरिँदा ८ जना बेपत्ता

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक, १९ साउन । सिन्धुपाल्चाेक जिल्लाकाे मेलम्ची नगरपालिका वडा नम्बर ११ मा निर्माणाधीन कभर्ड हल पहिरोले पुरिएकाे छ ।

कभर्ड हल पुरिँदा ७ जना नेपाली र एक भारतीय नागरिक गरी ८ जना बेपत्ता भएका छन् । उनीहरू कभर्ड हल निर्माणमा खटिएका कामदार रहेको प्रहरीले जानकारी दिएको छ ।

बन्दै गरेको कभर्ड हल सोमबार बिहान साढे ३ बजेतिर गैह्रीबजारको केही भाग भासिएर पुरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिएका छन् ।

घाइते ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्र लगिएको उनले बताए । घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयले उद्धारका लागि काम भइरहेको छ ।