
काठमाडौं, १८ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच ३ घन्टा लामो छलफल भए पनि विवाद समाधानका लागि कुनै निष्कर्ष निकाल्न सकेन ।
साउन १३ गते तोकिएको स्थायी कमिटी बैठक स्थगित भएपछि तोडिएको सम्वादहीनताको अवस्थालाई सम्वादको वातावरणसम्म पुर्याउने बाहेक आइतबारको छलफलले कुनै अर्थपूर्ण निर्णय लिन सकेन ।
वरिष्ठ नेता झलनाथ खनाल र नेता सुवास नेम्वाङसमेतको सहभागितामा भएको छलफलले विवाद समाधानका लागि कुनै पनि छलफल नगरेको बताइएको छ ।
छलफललले केवल अध्यक्षद्वयबीचको सम्वादहिनताको वातावरण तोडेको नेताहरुले टिप्पणी गरेका छन् ।
पार्टीका नेता कार्यकर्ताले यसअघि पटक–पटक स्थगित हुँदै आएको स्थायी कमिटी बस्नेगरी छलफलको निष्कर्ष आउने अपेक्षा गरेका थिए । तर, त्यसतर्फ छलफल केन्द्रित हुनै नसकेको बताइएको छ ।
पार्टीभित्र चुलिँदै गएको विवादका कारण गत मंगलबारयता पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सम्वादको वातावरण बन्न सकेको थिएन ।
खासगरी गत गत मंगलबार ११ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक केपी ओलीले अकस्मात स्थगित गरेपछि अर्का अध्यक्ष प्रचण्डलगायत सचिवालयका अधिकांश नेताहरु रुष्ट बनेका छन् ।
ओलीले बैठक स्थगित गरेपछि प्रचण्डले ‘बहुमत स्थायी कमिटी बैठक’ सञ्चालन गरेपछि केपी ओली पनि प्रचण्डलगायत नेतासँग रुष्ट थिए । ‘बहुमत स्थायी कमिटी’ बैठकले ओलीसँग सम्वाद गरेर निकास निकाल्न प्रचण्डलाई अख्तियारी दिएको भए पनि सम्वादको वातावरण नबनिरहेको बेला आज भएको छलफललाई निकै महत्वका साथ हेरिएको थियो ।
तर, ३ घन्टा चलेको छलफलमा नेताहरुले पुनः आ–आफ्नो अडान दोहोर्याएको बताइएको छ । यसले गर्दा कुनै पनि विषयमा स्पष्ट छलफल नभएको बताइएको छ ।













प्रतिक्रिया