२९ आश्विन २०८३, बिहिबार

सिद्धार्थ राजमार्ग भत्किएपछि सवारी आवतजावत रोकियो

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १८ साउन । सिद्धार्थ राजमार्गको बुटवल तानसेन–सडक ठाउँठाउँमा भास्सिँदा ठूलाला सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ ।

विभिन्न स्थानमा सडक भासिएपछि साना सवारीसाधन एकतर्फी आवतजावत गर्न दिइएको भए पनि ठूला सवारीसाधन आवतजावतमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।

दोभान बजारदेखि ५०० मिटर नजिकै करीब ३ मिटर पक्की सडकको जग नै भत्किएको छ । त्यस्तै झुम्सा, चौबीस माइल, नाग मन्दिर, भुतखोला पैठेडाँडामा पनि सडक चिराचिरा परेर भासिएको छ ।

बुटवलतर्फ आवतजावत गर्ने कास्की, म्याग्दी, बाग्लुङ्ग , स्याङ्गजा, गुल्मी र पाल्पाका ठूला सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् ।