
पर्सा, १८ साउन । वीरगन्ज महानगरपालिकाभित्र जारी रहेको निषेधज्ञा सोमबारबाट जिल्लाभर लागू हुने भएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले पर्सामा संक्रमणको जोखिम बढेको भन्दै सोमबार बिहान ५ बजेबाट लागू हुने गरी जिल्लाभर निषेधज्ञा गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले साउन १० गतेदेखि वीरगन्जमा मात्र लागू हुनेगरी निषेधज्ञा जारी गरेको थियो ।
तर, जिल्लामा कोरोनाको संक्रमित संख्या बढ्दै गएकाले सम्भावित जोखिमलाई दृष्टिगत गर्दै अर्को सूचना जारी गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको हो ।
निषेधज्ञा अवधिभर औंषधि उपचार तथा अन्य अत्यावश्यक कामबाहेक कोही पनि व्यक्ति घरबाहिर निस्कन पाउने छैनन् ।
पछिल्लो समय पर्सामा संक्रमण जोखिम बढेको छ । आइतबार मात्र थप ४५ जनामा संक्रमण पुष्टि भएको छ ।













प्रतिक्रिया