२९ आश्विन २०८३, बिहिबार

झाडा पखालाका विरामीको पनि कोरोना परीक्षण गरिने

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ साउन । अब झाडापखलाका विरामीको पनि पीसीआर परीक्षण गरिने भएको छ ।

झाडापखलाका विरामीका साथै ज्वरो, खोकी, सास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाहा नपाउनेलगायतको पनि कोरोना परीक्षण गर्ने तयारी सरकारले गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी परिवर्तन गरेको नयाँ मापदण्डअनुसार झाडापखला र ज्वरोका विरामीको पनि पीसीआर परीक्षण गर्न लागिएको हो ।

संक्रमितको सम्पर्कमा आएका तथा फ्रन्ट लाइनमा काम गर्नेहरुका साथै चिकित्सकीय मूल्यांकनका आधारमा मध्यम, गम्भीर र अत्यन्त गम्भीर अवस्थाका कोरोना संक्रमित डिस्चार्ज गर्दा पनि पीसीआर टेष्ट गरिने नयाँ मापदण्डमा उल्लेख छ ।

यस्तै आईसीयूमा रहेका विरामी, दीर्घरोगी, ६० वर्ष नाघेका वृद्धवृद्धा, विदेशबाट आएका सबै र क्वारेन्टिनमा बसेकाहरुको अनिवार्य पीसीआर परीक्षण गरिने नयाँ मापदण्डमा छ ।