
काठमाडौं, १८ साउन । साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ ।
आइतबार तोलामा ३०० रुपैयाँ बढेर सुनको प्रतितोला ९९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो अहिलेसम्मकै महँगो मूल्य हो ।
आइतबार तेजावी सुनको मूल्य प्रतितोला ९९ हजार १६० रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर प्रतितोला १ हजार२३० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य शुक्रबार २५ रुपैयाँ प्रतितोला घटेको थियो ।
कोरोना सङ्क्रमणका कारण विश्व अर्थतन्त्र नै ओरालो लागिरहेको बेला सुनको मूल्य भने दिनदिनै उकालो लागिरहेको छ ।
मूल्य महँगो हुँदै गएपछि विभिन्न बैंकमा लकडाउनअघि नै ल्याइएका ३३० किलो सुन बिक्री हुन नसकेको महासंघले बताएको छ ।













प्रतिक्रिया