
काठमाडौं, १८ साउन । नेपाल कम्युनिस्ट पार्टी भित्रको विवाद समाधानका निम्ति अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अहिले बालुवाटारमा संवाद सुरु भएको छ ।
विवाद समाधानको उपाय खोज्नका लागि प्रचण्ड र बरिष्ठ नेता झलनाथ खनाल बालुवाटार पुगेका हुन् । स्थायी समितिको बैठक चलाउन र एउटा सहमतिमा पुगी नेकपालाई अगाडि लैजाने प्रयास अन्तर्गत संवादको थालनी भएको हो ।
जारी विवादका क्रममा उपाध्यक्ष बामदेव गौतमको ६ बुँदे नयाँ प्रस्ताव आएपछि नेकपा विवादले मोड लिनुका साथै आन्तरिक समिकरण नयाँ चरणमा पुगेको अनुमान गरिएको छ ।















प्रतिक्रिया