शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

वीरगञ्ज महानगर प्रमुख सरावगीको परिवारमा कोरोना भेटियो, पर्सामा थप ४५ जनामा पुष्टि

दैनिक नेपाल २०७७ साउन १८ गते ९:०९

काठमाडौं, १८ साउन । वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख विजय सरावगीको परिवारका दुई सदस्यसहित ६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

सरावगीमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसीआर परिक्षण गरिएको थियो । सो क्रममा परिवारका सदस्य दुई जना र अन्य ६ जनामा रिपोर्ट पोजिटिभ आएको बताइएको छ ।

सरावगीसँगको कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

अन्य संक्रमितको ट्रेसिङमा परेका वीरगञ्ज–११ श्रीपुरका ३६ वर्षका पुरुष र ४० वर्षीया दुई महिलाको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यसैबीच, पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा १४ जना महिलामा संक्रमण देखिएको हो ।

प्रयोगशालाले दिएको रिपोर्टअनुसार संक्रमितमध्ये ४३ जना वीरगञ्जका छन् । सखुवा प्रसौनी गाउँपालिका र निर्मलबस्तीका एक–एक जनामा कोरोना संक्रमण देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित