आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

भारतको समाजवादी पार्टीका नेता अमर सिंहको निधन

दैनिक नेपाल २०७७ साउन १८ गते ८:१४

नयाँदिल्ली, १८ साउन । भारतको समाजवादी पार्टीका पूर्व नेता एवं राज्य सभा सदस्य अमर सिंहको शनिबार निधन भएको छ । ६४ वर्षको उमेरमा सिंगापुरको एक अस्पतालमा उनको निधन भएको हो ।

कयौं महिनादेखि उनी त्यहाँ उपचारका लागि थिए । उनका दुई जुम्ल्याहा छोरी र श्रीमती छन् । उनलाई किड्नीसम्बन्धी समस्या थियो। सन् २०१३ मा दुबईमा उनको किड्नी फेल भएको थियो ।

यसै वर्षको सुरूवातमा उनको निधन भएको खबर फैलिएको थियो जसलाई उनले ‘टाइगर जिन्दा है’ भनेर ट्विट गर्दै सो हल्ला निराधार सावित गरिदिएका थिए ।

भारतीय संचारमाध्यमहरूका अनुसार उनको हालै दोश्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । सो प्रत्यारोपण सफल भएको भएपनि उनको पेटमा रहेको एउटा घाउमा भएको संक्रमण ठीक हुन नसकेपछि उनको स्वास्थ्य प्रतिकुल भएको भारतीय संचारमाध्यमले बताएका छन् ।

चिकित्सकहरूले त्यसलाई समाधान गर्ने प्रयास सफल हुन नसकेको उनीहरूले समाचारमा उल्लेख गरेका छन् । मृतक सिंहको शव परिवारलाई हस्तान्तरण गरिएको छ ।

अन्तिम संस्कारका लागि दिल्ली ल्याइने भरतीय संचारमाध्यहहरूले बताएका छन् । उनको निधनमा थुप्रै भारतीय नेता, कलाकार तथा व्यवसायीले शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित