शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

चक्रबहादुर बुढालाई गृह मन्त्रालयकाे प्रवक्ताकाे जिम्मेवारी

दैनिक नेपाल २०७७ साउन १८ गते ६:४०

काठमाडौं, १८ साउन । गृह मन्त्रालयले मन्त्रालयको नयाँ प्रवक्ताकाे जिम्मेवारी वरिष्ट सहसचिव चक्रबहादुर बुढालाई दिएको छ ।

गृहले बुढालाई मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुख र प्रवक्ताको जिम्मेवारी दिएको हो । सामान्यतः शान्तिसुरक्षा महाशाखा हेर्ने सहसचिवलाई नै प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रहँदै आएको छ ।

बुढा यस अघि मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखको रुपमा रहेका थिए । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको केही दिनअघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा भएपछि गृह प्रवक्ता र शान्तिसुरक्षा महाशाखा रिक्त रहँदै आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित