२ कार्तिक २०८३, सोमबार

भारतमा एकैदिन ५७ हजार बढीमा कोरोना संक्रमण

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नयाँ दिल्ली, १७ साउन । भारतमा ‘कोभिड १९’ संक्रमितको संख्या १५ लाख नाघेको छ ।

गत २४ घण्टामा भारतका ५७ हजार ११७ मा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल संक्रमितको संख्या १६ लाख ९५ हजार ९९८ पुगेको त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जनाएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ७६८ जनाको मृत्यु भएपछि कुल मृतकको संख्या ३४ हजार १९३ जना पुगेको छ । सरकारी अधिकारीहरुका अनुसार भारतमा कोरोना भाइरस संक्रमितमध्ये ९ लाख ८८ हजार २९ व्यक्ति निको भएर फर्किएका छन् ।

हाल भारतमा ५ लाख ९ हजार ४४७ जना कोरोना भाइरस संक्रमित अवस्थामा रहेका छन् । –रासस