शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु

दैनिक नेपाल २०७७ साउन १७ गते १७:२७

सांकेतिक तस्वीर

काठमाडौँ, १७ साउन । पर्सामा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीरगञ्जस्थित बयोधा अस्पतालमा उपचाररत एक जना महिलाको कोरोनाका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा वीरगञ्ज १६ नगवाकी ५० वर्षीया महिला रेहकी छन् । ति महिला ज्वरो र निमोनिया भएपछि अस्पताल भर्ना भएकी थिइन् । उनको शुक्रबार विहान मृत्यु भएको थियो ।

मृत्युअघि उनको कोरोना परीक्षण गरिएको थियो । नारायणी अस्पतालले शुक्रबार राती उनमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

शुक्रबार राती ६४ जनामा संक्रमण पुष्टि भएकोमध्ये ति मृतक महिलाको पनि रहेको अस्पतालले जनाएको छ ।

उनको शव अहिलेसम्म पनि अस्पतालमै रहेकोले व्यवस्थापनको तयारी हुँदै गरेको अस्पतालले जनाएको छ ।

यससँगै कोरोनाका कारण पर्सामा मृत्यु हुनेको संख्य १४ जना पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित