बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

सिन्धुलीमा मास्क नलगाउनेलाई १०० रुपैयाँ जरीवाना

दैनिक नेपाल २०७७ साउन १७ गते १६:३२

सिन्धुली, १७ साउन । सिन्धुलीमा मास्क नलगाउनेहरुलाई १०० रुपैयाँ जरीवाना गरिने भएको छ ।

लकडाउन खुलेसँगै कोरोना भाइरसको जोखिम थप बढ्दै गएको अवस्थामा पनि मास्क लगाउन नमान्नेहरुलाई स्थानीय प्रशासनले कारबाही अगाडि बढाएको हो ।

जिल्ला प्रशासन कार्यालय, सिन्धुली अस्पताल र सिन्धुली उद्योग वाणिज्य संघले अनिवार्य मास्क लगाउन आग्रह गर्दै निःशुल्क मास्क समेत वितरण गरेको छ ।

जिल्ला सदरमुकाम माढी बजार तथा बीपी राजमार्गका साथै खुर्कोट बजार क्षेत्रमा समेत मास्क नलगाइ पैदल यात्रा गर्नेलाई निःशुल्क मास्क वितरण गरिएको सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेले जानकारी दिए ।

यसरी उनीहरुले हालसम्म १५ हजार भन्दा बढी मास्क निःशुल्क मास्क वितरण गरिसकेको बताएका छन् । सिन्धुली अस्पतालले मात्रै शनिबार ५ हजार थान मास्क पैदल यात्रीलाई वितरण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीले मास्कबिना नै बजार र समुदायमा डुल्नेलाई १ पटकका लागि १०० रुपैयाँ जरीवाना गर्न थालेको हो । निःशुल्क मास्क वितरण गर्दासमेत मास्क नलगाइ हिंड्ने १४६ जनालाई प्रहरीले १०० रुपैयाँ जरीवाना गराइसकेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित