बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

प्रहरी मुख्यालयमै बस्ने प्रहरी चालकमा पनि देखियो कोरोना

दैनिक नेपाल २०७७ साउन १७ गते १४:४०

काठमाडौं, १७ साउन । प्रहरी प्रधान कार्यालयका ७२ जना प्रहरी अधिकारीमा कोरोना पुष्टि भएसँगै थालिएको कन्ट्र्याक्ट ट्रेसिङका क्रममा सभामुख अग्नि सापकोटाको अगुवा गाडी चालक प्रहरीलाई कोरोना भाइरस पुष्टि भएको छ ।

प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीहरुमा धमाधम कोरोना संक्रमण पुष्टि भएसँगै त्यही बसोबास गर्ने ति प्रहरीको पनि स्वाब परीक्षण गरिएको थियो । उनले साउन ६ गतेसम्म सभामुखको अगुवा गाडी चलाएका थिए ।

शुक्रबार उनलाई संक्रमण पुष्टि भएपछि सभामुख निवासमा कार्यरत सुरक्षाकर्मी र अन्यको पनि स्वाब संकलन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित