शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

नेपाल–चीन सम्बन्धको ६५ वर्ष : नेपालसँगको सम्बन्ध विस्तार चीनको प्राथमिकतामा

दैनिक नेपाल २०७७ साउन १७ गते १४:२५

काठमाडौं, १७ साउन । चीनका राष्ट्रपति सी जिनफिङले नेपालसँगको सम्बन्धलाई विशेष महत्व दिएको बताएका छन् ।

नेपाल–चीन सम्बन्धको ६५औँ वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले दुई देशबीचको सम्बन्ध थप विस्तार गर्नु आफ्नो प्रमुख महत्वको विषय रहेको बताएका हुन् ।

दुई देशबीच द्विपक्षीय सम्बन्ध विस्तारका लागि नेपाली समकक्षी विद्यादेवी भण्डारीसँग सहकार्यको चाहना रहेको पनि उनको भनाइ छ ।

समाचार संस्था सिन्ह्वाका अनुसार कुटनीतिक सम्बन्धको ६५औँ वर्षगाँठको अवसरमा दिएको शुभकामना सन्देशमा राष्ट्रपति सीले दुई देशका नागरिकको हितका लागि काम गर्न तयार रहेको बताएका हुन् ।

यस्तै उनले क्षेत्रीय स्थायित्व तथा विकासका लागि पनि नेपालसँगको सम्बन्ध विस्तार आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।
नेपाल–चीनबीच सन् १९५५ को अगष्ट १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।

सम्बन्ध स्थापनाको ६०औं वर्षगाँठका अवसरमा दुशै देशका राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीहरुले बधाई सन्देश आदानप्रदान गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित