बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेपाली सुरक्षागार्ड कुटिएको घटनामा मलेशियन प्रहरीले थाल्यो अनुसन्धान (भिडियो सहित)

कुट्ने व्यक्ति पाकिस्तानी नागरिक भएको प्रहरीको पूर्वानुमान

दैनिक नेपाल २०७७ साउन १७ गते १२:२७

काठमाडौं, १७ साउन । मलेशियामा नेपाली सुरक्षागार्ड कुट्ने व्यक्तिमाथि त्यहाँको प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

सुरक्षागार्डलाई पिटेको भिडियो भाइरल भएसँगै प्रहरीले अनुसन्धान थालेको स्थानीय सञ्चालमाध्यम ‘द स्टार’ले समाचार लेखेको छ ।

समाचार अनुसार उक्त घटना त्यहाँस्थित जलन मदरसाको भएको पुष्टि भएको तथा पिट्ने व्यक्ति एक पाकिस्तानी नागरिक भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

अनुसन्धानमा खटिएका वाङसा मजुका प्रहरी अधिकारी राजब अहमदले घटना जलन मदरसाको पार्किङ स्थलमा भएको र पिट्ने व्यक्ति पाकिस्तानी नागरिक भएको समाचारमा उल्लेख गरिएको छ ।

प्रहरीले घटनाको अनुसन्धान र घटनाको कारण पत्ता लगाउन लागिपरेको अहमदले बताएका छन् । कसैलाई उक्त घटनाबारेमा थाहा भएमा आफूहरुलाई जानकारी गराउन पनि त्यहाँको प्रहरीले अपिल गरेको छ ।

शुक्रबार भिडयो सामाजिक सञ्जालमा आएपछि मलेसियास्थित नेपाली दूतावासले अनुसन्धानका लागि त्यहाँको प्रहरीमा उजुरी गरेको थियो । दूतावासको उजुरीसँगै प्रहरीले अनुसन्धान थालेको समाचारमा उल्लेख छ ।

हेर्नुहोस् उक्त कुटपिटको भिडियो पनि–

कुट्ने ति व्यक्ति ति सुरक्षागार्ड कार्यरत कम्पनीकै सुपरभाइजर भएको बताइएको छ । शुक्रबार नेपाली सामाजिक सञ्जाल पयोगकर्ताले भाइरत बनाएको उक्त भिडियो ७ जुलाईमा फेसबुक पेज एसक्यू सोउल सेभेनमा पोष्ट भएको थियो ।

अहिलेसम्म ती सुपरभाइजर र कुटिएका नेपाली युवकको बारेमा कुनै जानकारी सार्वजनिक भइसकेको छैन । ती युवक किन कुटिए र सुपरभाइजरले किन कुटे भन्ने बारेमा पनि केही सूचना बाहिर आउन सकेको छैन।

भिडियोमा सुपरभाइजरले मले भाषामा ‘मैले तिम्रो लागि राम्रो गरिरहेको थिएँ तर बदलामा के पाएँ ? तिमीले आफूलाई ठूलो ठानिरहेको छौ ? तिम्रो समस्या के हो ?’ भन्दै कुट्दै गरेको देखिन्छ ।

प्रतिक्रिया
सम्बन्धित