२९ आश्विन २०८३, बिहिबार

पर्सामा १ जना सांसदसहित ६४ जनामा कोरोना संक्रमण पुष्टि

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वीरगञ्ज, १७ साउन । पर्सामा थ्प ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिनिधिसभा सदस्य प्रदीप यादव र ३ जना महिलासहित पर्सामा थप ६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १५ देखि ६८ वर्ष उमेर समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै नारायणी अस्पतालका २ जना चिकिसक र कर्मचारीमा पनि संक्रमण पुष्टि भएको छ ।