शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

लकडाउन होइन, जलेश्वरमा ५ दिन निषेधाज्ञा

दैनिक नेपाल २०७७ साउन १७ गते १०:५५

महोत्तरी, १७ साउन । शुक्रबार रातीदेखि महोत्तरी सदरमुकाम जलेश्वरमा ५ दिनसम्म निषेधाज्ञा जारी गरिएको छ । समुदायस्तरमा कारोना महामारी फैलिन थालेपछि निषेधाज्ञा जारी गरिएको हो ।

दैवी प्रकोप समितिले एक सूचना जारी गर्दै पाँच दिनका लागि जलेश्वरमा निषेधाज्ञा जारी गरेको जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जारी गरेको निषेधाज्ञामा जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल यति चारकिलाको क्षेत्रभित्र हिँडडुल गर्न पाइने छैन ।

महोत्तरी गाउँपालिका वडा नं ३ र वडा नं ५ मा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको सो सूचनामा उल्लेख रहेको छ ।

एक साताअघि महोत्तरी गाउँपालिका–३ बस्ने एक ६४ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका तथा आइसोलेसन व्यवस्थापनमा खटिएका १० जना नेपाली सेना, जलेश्वरका एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, जलेश्वर नगरपालिकाका कर्मचारी र मृतकका परिवारजनमा बिहीबार कोरोनाको संक्रमण देखिएको थियो । यसपछि समुदायमा नै फैलिएको हुनसक्ने भन्दै निषेधाज्ञा जारी गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित