बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पर्सामा काेराेनाबाट मृत्यु भएकाकाे शव व्यवस्थापनमा अबराेध, स्थानीय र प्रहरीबीच झडप

दैनिक नेपाल २०७७ साउन १७ गते ९:४९

वीरगन्ज, १७ साउन । कोरोना संक्रमणबाट मृत्यु भएका ब्यक्तिको शव व्यवस्थापन गर्ने विषयमा पर्सामा शुक्रबार राति स्थानीय र प्रहरीबीच झडप भएको छ ।

वीरगञ्जको अस्थायी कोभिड अस्पतालमा बिहीबार मृत्यु भएका व्यक्तिको शव दाहसंस्कार गर्न गएको नेपाली सेनाको टोलीलाई स्थानीयले ढुंगामुढा गरेपछि तनाव उत्पन्न भएको हो ।

स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले हवाई फायर तथा अश्रु ग्यास प्रहार गरेको छ । उपचारका क्रममा बिहीबार मृत्यु तीन जनाको शव व्यवस्थापन गर्न पर्सा राष्ट्रिय निकुञ्जको सात किलोमिटरभित्र सेनाले गर्न लागेको थियो ।

शव लैजानु अगाडि मिलनचोकमा स्थानीय र प्रहरीबीच झडप भएको थियाे । जंगलमा शव गाड्न लैजान अवरोध गरेपछि हवाई फायर गरिएको प्रहरीले जनाएको छ । झडपपछि सेनाले तीनैजनाको शव स्वास्थ्य मापदण्ड अनुसार गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित