शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कञ्चनपुरमा ५५ वर्षीया महिलाको हत्या, अर्का एकजना घाइते

दैनिक नेपाल २०७७ साउन १७ गते ९:३४

महेन्द्रनगर, १७ साउन । कञ्चनपुरको बेलौरी नगरपालिका–७ भगतपुरमा शुक्रबार राति धारिलो हतियार प्रयोग गरी अज्ञात समूहले ५५ वर्षीया बेलु खातीको हत्या गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले खातीको हत्या गरिएको बताए । खातीका श्रीमानलाई हतियार प्रयोग गरी गम्भीर घाइते बनाएको थापाले जानकारी दिए ।

उनले अज्ञात समूहकै आक्रमणबाट हत्या गरिएका बेलुका श्रीमान ६२ वर्षीय घनश्याम गम्भीर घाइते भएको बताएका छन् । उनले घटनाको अनुसन्धान भइरहेको बताए ।

प्रहरीले घटनाको सोधपुछका लागि खातीका छोरा राजेश र स्थानीय दिनेश रानालाई नियन्त्रणमा लिएको छ । ‘सोधपुछका लागि छोरासहित दुई जनालाई नियन्त्रणमा लिएका छौँ’, थापाले भने ।

प्रतिक्रिया
सम्बन्धित