शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

गुल्मीमा घरमाथि ढुंगा खस्यो, एकै परिवारका चार जनाको मृत्यु

दैनिक नेपाल २०७७ साउन १७ गते ९:१९

सांकेतिक तस्वीर

गुल्मी, १७ साउन । गुल्मीकोे रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–५ टाहाटिम आटीपाटामा घरमाथि ढुंगा खसेर च्याप्दा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

शुत्रलबार राती घरमाथि ढुंगा खस्दा ३० वर्षकी बिना बोटेमाझी, उनका छोराहरु ९ वर्षका सागर, ७ वर्षका हेमन्त र १० महिनाकी छोरी बिनिताको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।

सबैको शव राति नै स्थानीय र प्रहरी मिलेर निकालेका थिए । घटनास्थलमा इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङ्गको टोली परिचालन गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित