बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

फ्रेन्च लिगमा पिएसजीलाई तेस्रो उपाधि

दैनिक नेपाल २०७७ साउन १७ गते ८:५०

लण्डन, १७ साउन । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले घरेलु प्रतिस्पर्धामा पछिल्लो वर्षहरूमा आफ्नो दबदबा कामय राखेको छ ।

पिएसजीले शुक्रबार राति भएको खेल फ्रेन्च लिग कपको फाइनलमा लियोनलाई पराजित गरेर उपाधि जितेको छ ।

योसँगै उसले यो सिजन घरेलु प्रतिस्पर्धामा प्रमुख तीन उपाधि जितेको छ । उसले पछिल्लो ६ वर्षमा चौथो सिजन लिग वान, फ्रेन्च कप तथा लिग कपको उपाधि जितेको हो ।

शुक्रबार राति भएको खेल फ्रेन्च लिग कपको अन्तिम फाइनल पनि हो । गएको सेप्टेम्बरमा यो सिजनपछि फ्रेन्च लिग कप अन्त्य गर्ने निर्णय भएको थियो ।

फाइनल खेलमा पिएसजी र लियोनले निर्धारित समयमा ०–० को बराबरी खेलेपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो । सुरुका १० पेनाल्टीमा दुवै तर्फबाट गोल भयो ।

त्यसपछि सडेन डेथ पिएसजीका गोलरक्षक किलोर नाभासले लियोनका बेट्र्रान्ड ट्राओरीको प्रहार जोगाए। पाब्लो साराबियाले पिएसजीका लागि विजयी पेनाल्टी गरेका हुन् । कोरोना भाइरसको महामारीका कारण गएको अप्रिलमा लिग वान अन्त्य गरिएपछि फ्रान्समा भएको यो दोस्रो घरेलु खेल हो ।

गएको हप्ताको शुक्रबार फ्रेन्च कपको फाइनलमा पिएसजीले सेन्ट–एटिएनीलाई १–० ले पराजित गरेर उपाधि जितेको थियो ।

प्रतिक्रिया
सम्बन्धित