२ कार्तिक २०८३, सोमबार

कान्दहारमा पाकिस्तानी रकेट आक्रमण, १५ जना सर्वसाधारणकाे मृत्यु

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कान्दाहार, १७ साउन । अफगानिस्तानको दक्षिणी कान्दहार प्रान्तमा पाकिस्तानी रकेट आक्रमण हुँदा कम्तीमा १५ आम नागरिक मारिएका छन्।

घटनामा परी अरू ७० जना घाइते पनि भएको परिचय सार्वजनिक नगर्ने सर्तमा एक सरकारी अधिकारीले शुक्रबार जानकारी दिएका छन्।

त्यस क्षेत्रमा पाकिस्तानी र अफगानी सुरक्षाकर्मीका बीचमा गत बिहीबारदेखि व्यापक झडपहरू भएका र राति अबेर मात्र लडाई शान्त भएको उनको भनाइ छ।

‘अफगानिस्तानको स्पीन बोल्डाक जिल्लामा पाकिस्तानी पक्षले रकेट आक्रमण गरेपछि मात्रै भीडन्त रोकिएको हो, त्यस आक्रमणमा परी १५ सर्वसाधारणको मृत्यु भएको छ भने अरु ७० जना घाइते भएका छन्,’ नाम नबताउने सर्तमा एक सैनिकले बताए।

घाइते भएकामध्ये २८ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको कान्दहार प्रान्तको राजधानीमा रहेको मिर्वाइस क्षेत्रीय अस्पतालमा उपचार भइरहेको पनि श्रोतले जनाएको छ।

भिडन्तमा परी पाकिस्तान वा अफगानिस्तान कुनै पनि तर्फका सुरक्षाकर्मीहरुको मृत्यु भएको आधिकारिक विवरण अहिलेसम्म प्राप्त भएको छैन।