२९ आश्विन २०८३, बिहिबार

गुल्मीको रुरुक्षेत्रमा पहिरोले घर पुरिँदा एकै परिवारका ४ जनाको ज्यान गयो

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रूरू क्षेत्र फाइल तस्वीर ।

गुल्मी, १६ साउन । रूरूक्षेत्र गाउँपालिका–५ बम्घा आटीपाटा (उल्लीखोला) मा पहिरोमा परेर एकै परिवारका ४ जनाको ज्यान गएको छ ।

पहिरोमा परेर बिना माझी, उनका २ छोरा र एक छोरीको ज्यान गएको वडाध्यक्ष हरि ज्ञवालीले जानकारी दिए । शुक्रबार राति ८ बजेतिर खसेको पहिरोले बिना माझीको घर पुरेको हो ।

बिनाका​ श्रीमान राजु बोटे (माझी) भने रोजगारीको सिलसिलामा भारतमा भएको बताइएको छ ।

हाल घटनास्थलमा प्रहरी पुगिनसकेको बताइएको छ ।