२९ आश्विन २०८३, बिहिबार

जलेश्वर नगरपालिकामा राती ११ बजेदेखि ५ दिनको लागि निषेधाज्ञा जारी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महोत्तरी, १६ साउन । कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जलेश्वर नगरपालिकामा पाँच दिनको लागि निषेधाज्ञा जारी गरेको छ ।

शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी जलेश्वर नगरपालिका भरिमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा लागू भएको समय अवधिभर नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाबाहेकको कुनै पनि गतिविधि नगर्न र नगराउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले जानकारी दिएका छन् ।

महोत्तरीमा अहिलेसम्ममा ८६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको ज्यान गएको छ । यस अवधिमा ३४४ जना उपचारपछि निको भएका छन् ।