शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

निक्षेपको ब्याज आम्दानीबाट नेपाली सेनाले बुझायो ४५ करोड रुपैयाँ राजस्व

दैनिक नेपाल २०७७ साउन १६ गते २०:५५

काठमाडौं, १६ साउन । सैनिक कल्याणकारी कोषले गत आर्थिक वर्ष २०७६/७७ को आम्दानीबाट ४५ करोड रुपैयाँ राजस्व बुझाएको छ ।

कोषले सैनिक मुख्यालयमा शुक्रबार पत्रकार सम्मेलन गरी उक्त राजस्व रकम बुझाएको हो । विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको कोषको निक्षेपबाट आर्जित ब्याजको आम्दानी करवापत राजस्व बुझाएको कोषका निर्देशक सागरबहादुर केसीले जानकारी दिए ।

विभिन्न बैंक तथा वित्तीय संस्थामा कोषको ४५ अर्ब ८६ करोड ८० लाख रुपैयाँ मौज्दात निक्षेप छ । कोषको यथार्थ सम्पति भने हाल ५१ अर्ब ६१ करोड चार लाख रुपैयाँ पुगेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

केही वर्षअघिसम्म कोषको ८५ करोड रुपैयाँ निक्षेप जोखिममा रहेकामा अहिले घटेर ५ करोड दुई लाख ६६ हजार रुपैयाँमा झरेको छ । कोष र अन्तर्गतका निकायको फछ्र्योट गर्न बाँकी बेरुजु अब ७ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको जानकारी सैनिक मुख्यालयले जानकारी दिएको छ ।

उक्त कोषको गत आर्थिक वर्षमा १२ करोड ७० लाख २३ हजार रुपैयाँ बेरुजु फछ्र्योट भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित