शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

ताइवानका ‘फादर अफ् डेमोक्रेसी’ लीको निधन

दैनिक नेपाल २०७७ साउन १६ गते १७:१८

ताइवान, १६ साउन । ताइवानका पूर्वराष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ ।

ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उनको महत्त्वपूर्ण भूमिका रहेको बीबीसीले जनाएको छ ।

ताइवानमा हुईलाई ‘लोकतन्त्रको पिता’ समेत भनेर चिनिन्छ । शरीरको भित्री अङ्गले काम गर्न छोडेपछि उनको निधन भएको डाक्टरले बताएका छन् ।

गएको फेब्रुअरीमा घाँटीमा खाना अड्किएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा करीब ६ महीनासम्मको उपचारपछि उनको निधन भएको हो ।

पूर्वराष्ट्रपति ली सन् १९८८ देखि २००० सम्म ताइवानको राष्ट्रपति थिए ।

प्रतिक्रिया
सम्बन्धित