बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

एसबीआई बैंकका ग्राहकलाई कम्फर्ट नेपालमा १० प्रतिशत छूट

दैनिक नेपाल २०७७ साउन १६ गते १७:०५

काठमाडौं, १६ साउन । नेपाल एसबीआई बैंकका ग्राहकहरूले जकी ब्रान्डको आधिकारिक विक्रेता कम्फर्ट नेपाल ट्रेडर्समा १० प्रतिशत छूट प्राप्त गर्ने भएका छन् ।

छूटसम्बन्धी बैंक र कम्फर्ट नेपालबीच शुक्रबार सम्झौता भएको छ । सम्झौतामा बैंकका प्रमुख व्यवसाय प्रवद्र्धन अधिकृत छपिराज पन्त तथा कम्फर्ट नेपाल ट्रेडर्सका निर्देशक कुनाल अग्रवालले हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै बैंकको भिसा डेबिट कार्डवाहक ग्राहकले लक्षित सामग्री खरीद गर्दा कार्ड प्रयोग गरेमा १० प्रतिशत छूट पाउने छन् । साथै ट्रेडर्सले अन्य छूटको व्यवस्था गरेको पनि बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित