मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

कांग्रेस अनुगमन समितिले गर्यो नेपाल औषधि थोक व्यावसायी संघसँग छलफल

दैनिक नेपाल २०७७ साउन १६ गते १६:४६

काठमाडौं, १६ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसद्वारा पार्टीका सहमहामन्त्री डा. प्रकाश शरण महतको संयोजकत्वमा गठित कोरोना अनुगमन समितिले महामारीको अवस्थामा औषधिको सहज उपलब्धता समस्या र समाधानका बिकल्पमा छलफल गरेको छ ।

नेपाल औषधि थोक व्यावसायी संघको आयोजना एव व्यवस्थापनमा नेपाली कांग्रेसका सह–महामन्त्री एवं कोरोना अनुगमन समितिका संयोजकको नेतृत्वको टोलीले हालको महामारीको अवस्थामा अत्यावश्यक औषधिको उपलब्धता र जनताको सहज पहुँचका सवालमा भएको वस्तुगत अवस्थाका बारेमा छलफल गरेको हो ।

छलफलमा महामारीका समयमा अत्यावश्यक औषधिको खरीद र व्यवस्थापनमा सरकारी निकायको उदाशिनता र अनियमितता व्यापक भएको तर्फ सबैले खबरदारी गर्नुपर्नेमा जोड दिइएको छ ।

छलफलमा डा. प्रकाश शरण महतले सरकारी निकाय र मन्त्रालय महामारीको समयमा कमाउ धन्दामा लागेको आरोप लागाए । यसरी भएको अनियमितताको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारबाहीको माग समेत गरेका छन् ।

सरकार र स्वयं प्रधानमन्त्री समेत अनियमितताको ढाकछोपमा लागेका कारण जनताले महामारीको रोकथाम र उपचारमा समस्या भोग्न बाध्य भएको उनको भनाइ छ ।

कार्यक्रममा नेपाली काँग्रेस अनुगमन समितिका सदस्यहरु एनपी साउद, डा. प्रभु बुढाथोकी र नेपाल औषधि थोक व्यावसायी संघका पदाधिकारी एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित