मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

रक्सीको सट्टा स्यानिटाइजर पिउने १० जनाको मृत्यु

दैनिक नेपाल २०७७ साउन १६ गते १६:०९

काठमाडौं, १६ साउन । लकडाउनका कारण रक्सी नपाएर स्यानिटाइजर पिउने १० जनाको मृत्यु भएको छ ।

छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशको प्रकाशम जिल्लामा रक्सी नपाएपछि २० जना भन्दा बढीले स्यानिटाइजर पिएका थिए ।

स्यानिटाइजर पिएका कारण बुधबार १ जना, बिहीबार ३ जना र शुक्रबार थप ६ जना गरी ९ जनाको मृत्यु भएको हो ।

सो घटनाको प्रहरीले अनुसन्धान गरिरहेका बताएको छ । अनुसन्धानका क्रममा पसलहरुमा ठूलो मात्रामा स्यानिटाइजर बिक्री भइरहेको र मानिसहरुले रक्सीको सट्टा मदिराको मात्रा बढी भएका स्यानिटाइजर नै पिउने गर्दा मृत्यु भएको प्रारम्भिक अनुमान प्रहरीले गरेको छ ।

प्रहरीले विभिन्न स्थानीय पसलका स्यानिटाइजर समेत नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित