२९ आश्विन २०८३, बिहिबार

आन्दोलनकारीलाई पक्रिनु गैरन्यायिक र अधिनायकवादी कदम हो : रवीन्द्र मिश्र

910
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ साउन । साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले आन्दोलनकारीलाई पक्रिनु गैरन्यायिक र अधिनायकवादी कमद भएको बताएका छन् ।

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शन गरिरहेका ‘इनफ इज इनफ’ अभियन्ताहरुमाथि सरकारले धरपकड गरेको भन्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा संयोजक मिश्रले लेखेका छन्, ‘प्रधानमन्त्री ओलीका समर्थकले उनको गाथा गाउँदै प्रदर्शन गर्दा मौन रहने सरकारले कोरोनाको भय बढ्दै जाँदा त्यसको प्रभावकारी व्यवस्थापनको जायज माग राखेर भौतिक दूरीका साथ गर्न लागेको प्रदर्शनलाई रोक्न दर्जनौंको संख्यामा युवाहरू पक्रिनु गैर–न्यायिक तथा अधिनायकवादी कदम हो ।’

कोरोना रोकथाममा सरकारले लापरबाही गरेको, भ्रष्टाचार गरिएको र पर्याप्त मात्रामा पीसीआर परीक्षण नगरिएको भन्दै ‘इनफ इज इनफ’ अभियानको प्रदर्शनमा प्रहरीले धरपकड गरेको हो ।

प्रहरीले बालुवाटार तथा भाटभटेनी क्षेत्रबाट युवाहरुलाई नियन्त्रणमा लिएको छ । अभियानका सदस्यहरु सरकारको लापरबाहीविरुद्ध अनसनसमेत बसिरहेका छन् ।