बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

कोरोनाका कारण पाटन अस्पतालमा एक महिलाको मृत्यु

दैनिक नेपाल २०७७ साउन १६ गते १३:४८

सांकेतिक तस्वीर

काठमाडौँ, १६ साउन । पाटन अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

साउन ६ गते भर्ना भएकी ६५ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

मृतक महिलामा उच्च रक्तचापको समस्या रहेको अस्पतालले जनाएको छ । वीरगञ्जबाट काठमाडौँ आएपछि रुघाखोकीलगायत समस्या भएपछि स्टार अस्पताल भर्ना गरिएको थियो । उनको आइसोलेसनमा उपचार भइरहेको बेलामा श्वासप्रश्वासमा समस्या भएपछि कोरोना परीक्षण गरिएको थियो ।

रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि पाटन अस्पताल भर्ना गरिएको थियो । त्यस्तै, उनीसँग सम्पर्कमा रहेका उनको परिवारका अन्य सदस्यहरुको पनि रिपोर्ट पोजेटिभ देखिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित