बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

स्वयम्भूमा बस पल्टिँदा एक जनाको ज्यान गयो

दैनिक नेपाल २०७७ साउन १६ गते ११:१८

काठमाडौं, १६ साउन । काठमाण्डौको स्वयम्भूमा बस पल्टिँदा एक जनाको ज्यान गएको छ ।

स्वयम्भूबाट वनस्थलीतर्फ गइरहेको बा ४ ख ५९८४ नम्बरको बस पल्टिँदा अन्दाजी २२ वर्षका युवकको ज्यान गएको प्रहरीले जनाएको छ । राति भएको दुर्घटनामा ज्यान गुमाएका युवकको परिचय खुलेको छैन ।

ज्यान गुमाएका युवक बसभित्र थिए वा पैदल यात्रु हुन् भन्ने बारेमा पनि खुलेको छैन । दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित