मंगलबार, ६ चैत २०८०
DainikNepal.com
मंगलबार, ६ चैत २०८०

सुनको मूल्य ३०० रुपैयाँ बढ्यो, चाँदीको घट्यो

दैनिक नेपाल २०७७ साउन १६ गते १०:५३

काठमाडौं, १६ साउन । नितरन्तर उकालो लागेको सुनको मूल्य शुक्रबार पनि ३०० रुपैयाँले बढेको छ ।

बिहीबार प्रतितोला ५०० रुपैयाँ बढेर ९९ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ३०० रुपैयाँ बढेर ९९ हजार ३०० रुपैयाँ पुगेको हो ।

यसैगरी तेजाबी सुनको मूल्य पनि बढेर तोलाको ९८ हजार ६६५ रुपैयाँ पुगेको छ ।

सुनको मूल्यले रेकर्ड बनाए पनि चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेर १ हजार २०० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य बिहीबार १ हजार २२५ मा स्थिर रहेको थियो ।

कोरोनाका कारण वश्वि अर्थतन्त्र ओरालो लागरिहेका बेला लगानीकर्ता सुनमा आकर्षति हुँदा मूल्य बढेको हो । नेपालमा पनि त्यसकै प्रभावले सुनको मूल्यले दनिहुँ नयाँ रेकर्ड बनाइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित