
काठमाडौं, १६ साउन । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाह पथमा कार्यरत २ जना ट्राफकि प्रहरीलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
२ दिनअघि पीसीआर परीक्षण गराएका ति प्रहरीमा बिहीबार संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयले बिहीबार नै ट्राफकि प्रहरीलाई यसबारे जानकारी गराइसकेको भए पनि कुन दर्जाका प्रहरी अधिकारी हुन भनेर खुलाएको भने छैन ।
कोरोना संक्रमण देखिएपछि ट्राफिक महाशाखामा कार्यरत ट्राफिक प्रहरीहरुको कन्ट्र्याक्ट ट्रेसिङसहित पीसीआर जाँच गर्न लागिएको बताइएको छ । २ जना प्रहरीमा कोरोनाको संक्रमण देखिएपछि कार्यालय नै सिल गरिएको बताइएको छ ।
यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत विभिन्न पदका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने देशभर २५० जना प्रहरी संक्रमित छन् ।













प्रतिक्रिया