२९ आश्विन २०८३, बिहिबार

सेती नदीमा पानीको बहाव बढेपछि सेचत रहन स्थानीय प्रशासनको आग्रह

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

डोटी, १६ साउन । लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेपछि त्यस क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

पानीको बहाव बढेकाले नदी आसपासका बस्ती, तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा खतरा हुन सक्ने भन्दै सचेत रहन जल्लिा प्रशासन कार्यालयले आग्रह गरेको बताएको छ ।

सेती नदी आसपासका बस्तीहरु बानी, डुग्रीसैन, गोपघाट, बारपाटा, सरिखोलीसैन, कालागाढ, रामपुर, दपिायल, घोल्तडा तथा नारीदाङका स्थानीयवासीलाई वशिेष गरी रातकिो समयमा सचेत रहन प्रहरीले आग्रह गरेको छ ।

नदीमा पानीको बहाव बढ्न थालेसँगै इलाका प्रहरी कार्यालय दपिायल, प्रहरी चौकी तल्तिालीको टोलीले नागरकिलाई नदी क्षेत्रमा नजान तथा सचेत रहन माइकङि गररिहेको छ ।

नदी आसपासका नागरकिलाई सुरक्षति रहन र नदीमा माछा मार्दै आएका नागरकिलाई केही दनि नदीमा नजान आग्रह गरएिको छ ।

यस्तै जल्लिामा रहेका वभिन्नि नदी तथा ठूला खोलामा पानीको सतह मापन गरनिे उपकरण नभएका कारण नदी तथा खोलामा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन स्थानीयवासीलाई प्रशासनले आग्रह गरिएको छ ।