शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

अमेरिकामा राष्ट्रपति चुनाव सार्ने प्रस्तावकाे आलोचना

दैनिक नेपाल २०७७ साउन १६ गते १०:२५

न्युयाेर्क, १६ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनाव सार्ने प्रस्ताव गरेर आफ्नै पार्टी भित्र पनि विवाद र आलोचनाको घेरामा आएका छन् ।

ट्रम्पले चुनावमा छल हुन सक्ने भएकाले नोभेम्बर भन्दा पछि सार्नु पर्ने बताएका थिए । त्यसपछि विपक्षी डेमोक्र्याटले त्यसको तीव्र आलोचना गरेकोमा रिपब्लिकन पार्टीका शीर्ष नेताहरुले पनि विरोध गरेका छन् ।

माथिल्लो सदन सिनेटका मेजोरिटी लिडरल मिच म्याकोनेल र तल्लो सदनका माइनोरिटी लिडर केविन म्याकर्थीले ट्रम्पको प्रस्ताव खारेज गरेका हुन् । उनीहरु दुवै रिपब्लिकन हुन् । ट्रम्पसँग चुनाव पछि सार्ने कुनै अधिकार छैन । चुनाव पछि सार्ने सम्बन्धी प्रस्ताव कंग्रेसले पास गर्नु पर्छ ।

ट्रम्पले हुलाक मार्फत हुने मतदान बिस्तार हुँदै गएको र यसले धाँधली, छल तथा तथ्यगत नतिजा नआउने भन्दै चुनाव सार्ने प्रस्ताव गरेका हुन् । नागरिकले व्यवस्थित, स्वातन्त्र तथा सुरक्षित रुपमा मतदान गर्न पाउने अवस्था सिर्जना भएपछि चुनाव गर्नु पर्ने उनले बताएका हुन् ।

कोरोना भाइरसको महामारीका कारण आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा धेरै अमेरिकीले हुलाक मार्फत मतदान गर्दै छन् । ट्रम्पको दाबीलाई पुष्टि गर्ने प्रमाणहरु छैनन्, उनी लगातार हुलाक मार्फत हुने मतदानको विपक्षमा रहँदै आएका छन् ।

प्रतिक्रिया
सम्बन्धित