शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

अब विद्यालयमा क्वारेन्टाइन र आइसोलेसन बनाउन नपाइने

दैनिक नेपाल २०७७ साउन १५ गते १६:२८

काठमाडौं, १५ साउन । सरकारले अब उप्रान्त विद्यालयमा क्वारेन्टाइन र आइसोलेसन वार्डहरु बनाउन नदिने भएको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले विद्यालय भवन र परिसरमा क्वारेन्टाइन र आइसोलेसन बनाउन नपाउने निर्णय गरेको हो ।

यसअघि बनाएका यस्ता संरचनाहरु हटाई विद्यालयलाई सम्बन्धित पालिकाले पूर्णरुपमा निर्मलीकरण गर्नै पर्ने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ ।

यस्तै शैक्षिक सत्र २०७६/७७ को नतिजा प्रकाशन गर्ने, भदौ १ गतेदेखि विद्यार्थी भर्ना गरेर कक्षागत रुपमा विवरण यकिन गर्ने, पाठ्यपुस्तक वितरण गर्ने र शिक्षकहरु विद्यालय पुगिसक्नु पर्ने पनि सरकारले निर्णय गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित