२९ आश्विन २०८३, बिहिबार

कोशी अस्पतालको ओपीडी सेवा अनिश्चितकालीन बन्द

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १५ साउन । कोशी अस्पतालका ४ जना स्वास्थ्यकर्मीलाई कोरोनाको सङ्क्रमण देखिएपछि अस्पतालको बहिरङ्ग (ओपीडी) सेवा बिहीबारदेखि अनिश्चितकालीन बन्द गरिएको हो ।

अस्पतालका ओपीडी इन्चार्ज र कार्यालय सहयोगी गरी ४ जनामा बुधबार राति कोरोना पुष्टि भएपछि अस्पतालले सूचना जारी गर्दै सेवा बन्द गरेको हो । स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि सङ्क्रमण नफैलियोस् भनेर ओपीडी सेवा बन्द गरिएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालमा औषधि छर्किएर स्यानिटाइज गर्नुपर्ने भएकाले अर्को सूचना जारी नहुनुञ्जेलसम्मको लागि ओपीडी सेवा बन्द गरिएको कोशी अस्पतालका सुपरिटेन्डेन्ट मेसु डाक्टर चुमनलाल दासले जानकारी दिए ।

यसअघि अस्पतालका एक नर्स र डाक्टरमा कोरोना देखिएको थियो ।